चोरीको औषधि बेच्ने फार्मेसीमा प्रहरीको छापा


 


काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित एक फार्मेसीले चोरीको औषधि बेचेको खुल्न आएको छ ।

पारु सिद्दी विनायक फार्मेसीले खोकी लगायतका चोरीको औषधिहरु बेच्ने गरेका भेटिएको छ । उक्त फार्मेसीमा एक युवाले अर्को फार्मेसीबाट चोरेर ल्याएको ३ हजार बराबरको औषधि ५ सयमा किनेको खुल्न आएको छ ।

धनगडी निवासी २१ वर्षीय सुमित सिजापती र दोलखा लामे डाँडा बस्ने २४ वर्षीय सुरज घिमिरे नामक युवाहरुले गए राती बालुवाटारको डाक्टर्स क्लिनिकको फार्मेसीबाट औषधि चोरी गरी उक्त औषधि पारु सिद्दी विनायक फार्मेसीमा बेचेका थिए ।

पारु सिद्दी विनायक फार्मेसीका संचालक कृष्ण भट्राइ , सिजापती र घिमिरे तीनै जनालाई नियन्त्रणमा लिइ चोरी सम्बन्धी अभियोगमा मुद्धा दर्ता गराइ कार्वाही अगाडि बढाउने चक्रपथका महानगरीय प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाइले बताए ।

पछिल्लो समय कुलतमा फसेका युववायुवतीहरु चोरी तथा लुटपातमा लागेपछि प्रहरी सकृया भइ कारवाही गर्न थालेको छ । चोरी गरेको औषधि उनीहरुले फार्मेसीलाई सस्तोमा बेचेका हुन् ।

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्