आज बिहानैदेखि हावाहुरीसहित बर्षा


 


मोरङ, चैत २६

आज बिहानैदेखि देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली आएको छ । आज बिहानदेखि हावाहुरी सहित मोरङमा पनि बर्षा भएको छ ।
देशका कतिपय भूभागमा बिजुली चम्कने र मेघ गर्जनसहित बाक्लो बादल मडारिएको छ भने कहीँकहीँ हल्का वर्षा भएको छ । आज प्रायः दिनभरि नै बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पूर्वी र मध्य भू–भागमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । साथै पूर्वी र मध्य भू–भागका केही स्थानमा र पश्चिमका १÷२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ । आज दिउँसो र राति पनि पूर्वी र मध्य तराईका केही स्थानमा हुरीबतास चल्ने सम्भावना समेत रहेको महाशाखाको पूर्वानुमा छ ।

साथै हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । राति देशका पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र बांकि भुभागमा आंशिक बदली रहनेछ । भोली भने मौसममा सुधार आउने अनुमान गरिएको छ । भोली देशका प्रायः स्थानहरुमा मौसम सामान्यतया सफा रहने भए तापनि अपरान्हपश्चात पुनः सामान्य बदली भई मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना कायमै रहेको महाशाखाको अनुमान छ ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्