वरिष्ठ नेता माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पताल भर्ना


 


काठमाडौं २६ चैत्र
सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

नेता नेपाल अस्पताल भर्ना भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

केहीदिन अघि बारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका नेता नेपाललाइ त्यहि क्रममा ज्वरो र खोकीले च्यापेको थियो ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्