खुकुरी देखाएर बौद्दस्थित पाथीभरा मनी ट्रान्सफरबाट लुटे साढे ३ लाख !


 


काठमाडौं । काठमाडौंको बौद्दबाट एक युवकको साढे ३ लाख रुपैयाँ लुटिएको छ । बौद्दस्थित पाथीभरा मनी ट्रान्सफर एवं मनिचेन्जरबाट मंगलवार बिहान मोटरसाइकलमा आएका तीन जनाको समुहले खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।

मनी चेन्जरका संचालक रवि श्रेष्ठले नबिल बैंकको शाखाबाट रकम झिकेर मनी ट्रान्सफरमाभित्र लैजाँदै गर्दा लुटिएको बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरी लुटेराको खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्