संविधान सकिनै लाग्दा पनि कांग्रेस नेतृत्व किन मौन – नेता सिटौला


 


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले संविधानको खिल्ली उडाउँदा पनि पार्टी नेतृत्व चुप लागेर बसेको आरोप लगाएका छन ।

आज काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले सरकारको गतिविधिप्रति पार्टी सभापति चुप बसेको आरोप लगाए ।

‘संविधानलाई क्षतविक्षत गर्ने काम सत्ताबाट भएको छ । कांग्रेस किन बोलेको छैन ? पार्टी नेतृत्व के हेरेर बसेको छ ?कांग्रेस आफैभित्र लुछाचुँडीमा रहेको भन्दै उनले अहिले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि आरोप लगाए ।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आफ्नो हिस्सा खोज्ने बाहेक काम नगरेको सिटौलाको आरोप छ ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्