इटहरीमा अपाङ्गता परिचयपत्र वितरण सुरु


 


इटहरी । इटहरी उपमहानगरवाटै अपाङ्गता परिचयपत्र वितरण सुरु गरिएको छ । यसअघि अपाङ्गता परिचयपत्रका लागि महिला वालवालिका कार्यालय इनरुवा पुग्नु पथ्र्यो ।

आज पहिलो दिन २० जनालाई परिचय पत्र वितरण गरिएको छ । इटहरी उपमहानगर सामाजिक विकास शाखाकी अघिकृत शुशीला कार्कीका अनुसार पूर्ण अपाङ्गता भएकालाई वितरण गरिने रातो १२ जना लाई,निलो ५ जना लाई,पहेलो २ जना लाई र सेतो परिचय पत्र १ जना लाई वितरण गरिएको छ । प्रत्येक महिलाको पहिलो हप्ताको विहिवार अपाङ्गता परिचय पत्र वितरण गरिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

सेतो परिचय पत्र प्राप्त गरेका ब्यक्तिहरुलाई प्रति महिना २ हजार र निलो परिचय पत्र प्राप्त गर्नेहरुलाई १ हजार सामाजिक सुरक्षा भत्ता दिइने ब्यवस्था छ । वडाकार्यालयमा निवेदन दिएपछि उपमहानगरवाट भत्ता प्राप्त गर्न सकिन्छ । पहेलो र सेतो परिचय पत्र प्राप्त गर्नेहरुलाई अपाङ्गता कोटाका विभिन्न सुविधाहरु प्राप्त हुने छन । आफनै घर आगन छेउवाटै परिचय पत्र प्राप्त गरेकोमा अपाङ्गता भएका ब्यक्तिहरुले खुशि प्रकट गरेका छन ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्