मुसहर बस्तीमा बेलवारीका मेयर सुवेदी


 


बेलबारी । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जनता सँग मेयर नाम दिएरनै गाँउ गाँउमा जान थालेका छन । विकास निर्माण देखी नगरवासिको जिवन स्तरको अबस्था वुझन गाँउ गाँउमा जाने गरेको मेयर सुवेदी जनता सँग मेयर नामनै दिएर उनि वस्तिमा जान थालेका हुन ।

बेलबारी वडा नम्बर ६मा रहको मुसहर बस्तीमा पुगेर मेयर सुवेदीले उनिहरुको रहनसहन धर्म संस्कृर्ति आर्थीक अबस्था बुझेका छन । उक्त वस्तिका अधिकाश घरमा पुगेर नगरपालिकाले तपाईहरुलाई ब्यावसायिक बनाउने समेत बताएका छन । आय आर्जन गर्न सक्ने हामि बनाउछौ उनले भने तपाईहरु नगर सग हातेमालो गर्न आईदिनु होस ।

उनले उत्त बस्तिमा गएर विद्यालयमा पठन पाठन गर्न वाट बञ्चित वालवालिकालाई बिद्यालय पठाउन समेत निर्देशन दिए । गत बर्ष उक्त वस्तिका २२ जना बिद्यार्थीलाई मेयर सुवेदी आफै गएर बिद्यालयमा भर्ना गराएका थिए । घर नभएका परिवारका लागि उनले जनता आवाश कार्यक्रममा पहिलो चरणमा फुसको छाना हटाएर जस्ता पाता लगाउने उद्घोष गरे ।

उनले यसै आर्थीक बर्षमा छाना लगाउने समेत बताए । उनले छिटै जनाताआवाश निर्माण गरिदिने समेत बताए । गरिवसंग नगरपालिका कार्यक्रममार्फत दलित, मधेसि, आदिवासी जनजाति, पिछडा,झागर बस्तिका वासिन्दालाई राहत पुर्याउने खालको कार्यक्रम ल्याउन लागिएको उनले बताए ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्