साउदीमा ऐतिहासिक गजल प्रतियोगिता


 


हेम सुबेदी

साउदी अरब । यही आँउदो चैत्र २९ गते अर्थात् १२ अप्रील २०१९ शुक्रबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरले साउदी अरब स्तरीय गजल प्रतियोगिता गर्ने तयारी तिब्र रुपमा भईरहेको छ।

सोही कार्यक्रमको अन्तिम चरणमा सस्थाले सामाजिक संजाल मार्फत आफ्नो ब्यानरर सहयोगी दाताको सम्मान को लागि उहाँहरुको तस्बिर अंकित ब्यानर र प्रतियोगिता को लागि छनोट भएका ११ प्रतिस्पर्धिहरुको नाम समेत प्रकाशित गरिसकेको छ ।कार्यक्रम को तयारी लगभग सकिएको र अब अन्तिम पटक बुधबार सम्ममा सम्पुर्ण काम लगायत कार्यक्रमको रुपरेखा पनि बनाइने सस्थाका कोषाध्यक्ष जितु खडका गाउँलेले बताउनु भयो।

यसै अवसरमा संस्थाले कार्यक्रम सम्पन्न गर्नको लागि आर्थिक, नैतिक एंव भौतिक सहयोग प्रदान गर्नु हुने सहयोगी मनका धनी एवं विशिष्ट व्यक्तित्वहरु,प्रतियोगिहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै प्रतियोगितामा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन अपिल गरेको छ। कार्यक्रमको उदेश्यबारे प्रष्ट पार्दै समाजका महासचिव अरुण बेल्बासे रोजले भने – साउदी को मरभुमीमा साहित्यिक हरियाली छाउने छ । साउदी अरबमा रहने नेपाली समुदायबिच हुने विभिन्न कार्यक्रम मध्ये कै ऐतिहासक यो पहिलो कार्यक्रम हुने दाबी गरिएको छ । यसले प्रत्यक्ष रुपमा कुनै समाजसेवा सम्बन्धित नभएर नेपालको साहित्यलाई विश्वमा चिनाउन र बिश्वमा रहेका नेपालीमाझ नेपालको संस्कृति,देशप्रतीको माया स्वाभिमान ,खास गरि भाषा र साहित्य लाई फैलाउने ,साहित्य को बिकास मा सहयोग गर्ने ,र साउदी जस्तो खाडी मुलुक मा रहेर कलम चलाउने साहित्यिक श्रस्ठाहरुलाई एउटा मन्च दिएर उनिहरु को क्षमता लाई प्रस्फुटित गराउने अवसर दिने बताईएको छ।

यसैको सुरुवाती चरण मा अहिले साउदी अरब स्तरीय गजल प्रतियोगिता गर्न लागिएको र आगामी दिन हरु मा कविता, कथा, मुक्तक, कथा र हरेक साहित्यिक बिधा हरु लाई समेटेर जाने निर्णय भएको छ ।१९ जनवरी २०१९ का दिन नेपाली राजदूतावसको प्राङगणमा नियोग उप प्रमुख आनन्दप्रसाद शर्माको प्रमुख आतिथ्यमा विभिन्न संघ संस्थाहरुको प्रतिनिधि र साहित्य प्रेमिहरुको भेलाले नमराज लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको थियो।

जस अन्तर्गत कार्यसमितिको अध्यक्षमा नमराज लामिछाने, उपाध्यक्षमा बिमल गौतम, र अन्जान पोख्रेल, महासचिवमा अरुण बेल्बासे ‘रोज’, सचिवमा सन्तोष लुईटेल ‘समीप’, कोषाध्यक्षमा जितु खड्का ‘गाँउले’, सदस्यहरुमा नागेश तामाङ, हेम सुवेदी र सुवास तिमल्सिना रहेका छन् भने प्रमुख सल्लाहकारमा नेपाली दूतावासका नियोग उप प्रमुख आनन्दप्रसाद शर्मालाई चयन गरेको थियो । जनभेट साप्ताहिक र पिटि अनलाईन उक्त कार्यक्रमको मिडिया पार्ट्नरको रुपमा साथ दिएका छन।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्