१६ लाख डुबेपछि दाउदको नाममा सांसदलाई धम्की


 


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द लिङ्देनलाई धम्क्याउँदै ५० लाख रुपैयाँ माग्ने युवक पक्राउ परेका छन् । झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो ।

पराजुलीले आफूलाई अन्डरवल्र्ड डन दाउद इब्राइमको मान्छे भएको भन्दै लिङ्देनलाई फोन गरी ५० लाख रुपैयाँ मागेका थिए । हत्याका लागि ५० लाखको सुपारी लिइसकेको भन्दै उनले हिन्दी भाषामा धम्क्याएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

पराजुली वैदेशिक रोजगार ठगीका फरार अभियुक्त भएको खुलेको छ । आफ्नो १६ लाख रुपैयाँ डुबेपछि धम्क्याएर पैसा कमाउने बाटो रोजेको उनले प्रहरीलाई बताएका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्