पाथीभरा दर्शन गरि फर्किको गाडी दुर्घटना,५ जनाको अवस्था गम्भिर


 


ताप्लेजुङ तिर्थयात्री चढेको पिक अप भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भिर छ, भने ६ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गम्भिरमध्ये ५४ वर्षिय मोतिमाया अधिकारी, ४२ वर्षिय एकनाथ सिग्देल, ८ वर्षिय निशान आचार्य, ४२ वर्षिय उद्धवप्रसाद सिग्देल र ३८ वर्षिय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रेफर गरिएको छ ।

घाइते सबै बारा निजगढका हुन् । बाँकी ६ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ । मे १ ज १४८६ नं को पिकअप भ्यान मंगलबार राति ९ः५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्