पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा


 


काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

यस्तै राति देशको पहाडी भू–भागको मौसम आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना पनि छ ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्