सरकारले लेख्यो पत्र अब लिबियाबाट नेपाली सेना फर्काउने


 


काठमाडौं । सरकारले लिबियास्थित संयुक्त राष्ट्रसंघीय कार्यालय सुरक्षामा खटिएका नेपाली सैनिकलाई फिर्ता गराउन राष्ट्रसंघलाई पत्र लेखेको छ । विद्रोही समूह लिबियन नेसनल आर्मी ९एलएनए०ले राजधानी त्रिपोलीमा आक्रमण गरेसँगै राष्ट्रसंघीय कर्मचारी फिर्ता भएका छन् । तर, राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि गासन सलामे त्यहीँ रहेका कारण उनको सुरक्षार्थ नेपाली सैनिक खटिएका छन् ।

‘परिस्थितिको आकलन गरेर सरकारको तहबाट राष्ट्रसंघीय निकायलाई पत्राचार भइसकेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले भने । त्यहाँ रहेका राष्ट्रसंघीय कार्यालय अधिकारीहरू छिमेकी देश ट्युनिसिया पुगेका छन् । नेपाली सैनिकले त्रिपोलीस्थित राष्ट्रसंघीय मिसन कार्यालय र विशेष प्रतिनिधिको सुरक्षा गरिरहेका छन् । नेपाली सैनिकलाई विद्रोही सैनिकबाट सुरक्षा खतरा रहेको सेनाको विश्लेषण छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्