सुनसरीमा वडाअध्यक्षसहित तीन सय जना नेकपामा प्रवेश


 


इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका वार्ड नं ३ का वडाअध्यक्ष सहित तिन सय जना मंगलवार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन ।

हरिनगरा बजारमा आयोजित कार्यक्रममा संघिय समाजवादी फोरम नेपालबाट निर्वाचित वडाअध्यक्ष अरविन्द मेहता, हरिनगर ४ का वडाअध्यक्षका उमेदवार भएका देवनारायण मेहता सहितका नेता कार्यकर्ताहरु सो पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा प्रदेश १ का नेता पोष्टकुमार नेपालले बताए ।

नवप्रवेशीहरुलाई हरिनगरमा भएको आमसभामा नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश संयोजक भिम आचार्य, केन्द्रीय सदस्य धर्मराज निरौला, महफुज अन्सारी, शिवकुमार मण्डल लगायतले अविर टिका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपाका पोष्टकुमार नेपाल, शम्भु आचार्य,रामप्रसाद मेहता, मुक्साहाङ म्याङवो, शिव डागी, डम्बर सुवेदी, डा सिएन पाठक, रामचन्द्र मेहता, धर्मविर आर्य, पारस साह, निरा आचार्य लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्