उर्लाबारीमा मापदण्ड बिपरित संचालित क्रसरको विषय १ नंं प्रदेशसभामा प्रबेश


 


उर्लाबारी, चैत २७

मोरङको उर्लाबारी नगरपालिका – १ मा संचालित र संचालन हुन लागेको क्रसर बिरुद्ध स्थानीयबासीले थालेको आन्दोलनले १ नं. प्रदेश सभामा पनि प्रबेश पाएको छ ।

विराटनगरस्थित १ नं. प्रदेश सभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) ले उर्लाबारी – १ मा संचालित क्रसरका विषयमा संसद्मा कुरा उठाउनु भएको हो । उर्लाबारी – १ मा मापदण्ड बिपरित दुई वटा क्रसर उद्योग संचालन भईरहेको र अरु ३ वटा पनि संचालनको तयारीमा रहेकाले एकै गाउँमा ५ वटा क्रसर चल्दा स्थानीयबासी बिस्थापित हुनुपर्ने अवस्था आउने भन्दै सांसद साम्बाले प्रदेशसभा मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सभामा उहाँले मापदण्ड बिपरित संचालन भईरहेका क्रसर उद्योगका विषयमा संसद् बैठकमा पटक–पटक कुरा उठेपनि किन यस विषयलाई गम्भिर रुपमा लिइँदैन भनेर आपत्ति समेत जनाउनु भएको थियो ।

प्रदेश सांसद् साम्बाले यथासिघ्र प्रदेश सरकारबाट त्यस स्थानको अनुगमन गर्न समेत माग गर्नुभयो । सांसद् तथा स्थानीय तहका जनप्रतिनिधिहरु समेत मापदण्ड बिपरितका क्रसरहरु हटाउनुपर्ने पक्षमा रहेको भन्दै उहाँले ति क्रसरहरु कुन मातहत संचालन छन् भनेर प्रश्न समेत गर्नुभयो ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्