माधव नेपाल अस्पतालबाट डिस्चार्ज


 


काठमाडौँ ।  पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ज्वरो तथा खोकीको कारण आइतबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनु भएका नेपाल स्वास्थ्यलाभ गरी आज घर फर्किनुभएको हो ।

चिकित्सकको सल्लाहअनुसार एक हप्ता आराम गर्नुपर्ने भएकोले भेटघाट बन्द गरिएको नेता नेपालको नीजि सचिवालयका मोहन गौतमले बताउनुभयो । उहाँले उपचारमा संलग्न डा. सन्तकुमार दास, डा. निरज बम र डा. सविन थपलिया सहितको चिकित्सकको टोली खटिएको थियो ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्