अपाङ्ग महासंघमा नेकपा निकट शर्माको पुरै प्यानल विजयी


 


विराटनगर, चैत २७

विराटनगरमा सम्पन्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आठौं महाधिवेशनले मित्रलाल शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
लोकतान्त्रिक अपांग संघका गणेश केसी १ सय १२ मत अन्तरले हराउदै नेकपा निकट अपाङ्ग संगठनका शर्मा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

अध्यक्षसहित शर्माको पूरै प्यानल विजयी भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा रमेश लामा, महिला उपाध्यक्षमा रमा ढकाल, महासचिवमा राजु बस्नेत र कोषाध्यक्षमा के.पी. अधिकारी निर्वाचित हुनु भएको छ ।

महाधिवेशनले सचिवमा भावुकजंग थापा, केन्द्रीय समादस्यहरुमा रमेश पोखरेल, सुगम भट्टराई, सीता सुवेदी, रुपारानी राई, प्रतिमा लामालाई निर्वाचित गरेको छ । अनुशासन आयोगको संयोजकमा टेकनाथ न्यौपाने, अनुशासन आयोग सदस्यमा कुमार पौडेल निर्वाचित हुनु भएको छ । समावेशी तर्फका १३ जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्