प्रदेश १ मा संघिय सरकारले दिने भन्दा थप चारवटा विदा


 


विराटनगर, चैत २७

प्रदेश १ सरकारले केन्द्र सरकारले तोकेकोभन्दा बाहेक थप ४ वटा बिदा दिने निर्णय गरेको छ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले २०७६ सालको हिन्दूहरूको पर्व जनै पूर्णिमा, उधौली पर्व, मुस्लिमहरूको पर्व इदुल फित्त (रमजान) र छठ पर्व गरी थप चारवटा विदा दिने निर्णय गरेको मन्त्रीपरिषदका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७५ संसदमा पेस गर्ने स्वीकृति प्रदान गरेको छ । त्येसैगरि विपत व्यवस्थापन ऐन –२०७५ केही शंसोधन गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रदेश सरकारले विपद कोष सञ्चालन कार्यविधि –२०७५ स्विकृत प्रदान गरेको मन्त्री कार्कीले जानकारी दिए । उनले सामाजिक विकास संस्था नियमावली संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको समेत जानकारी दिए ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्