त्रिभुवन विमानस्थलमा जेट एयरवेजको जहाज ठुलो दुर्घटनाबाट बच्यो


 


काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्ली उड्न लागेको जेट एयरवेजको उडान नम्बर २६७ को विमान बुधबार झण्डै दुर्घटनामा परेन ।

हवाई इन्धन नभरी उड्न खोजेको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो । विमानमा १ सय ३८ जना यात्रु थिए । पाइलट मनोज अरोडाले तेल नभरेको समयमै चाल पाएका कारण विमान दुर्घटना ट¥यो । तेल नभरी अपराह्न ३ बजेर ५० मिनेटमा उडेको भए जहाज खसेर दुर्घटना हुन्थ्यो ।

विमान उडाउन लागेका बेला पाइलटले तेल नभएको पत्तो पाएपछि आकस्मिक रुपमा जहाजलाई घुमाएर तेल भर्न विमानस्थलको आयल निगमको डिपोमा ल्याएका थिए । तेल भरेपछि झण्डै दुई घण्टापछि करिब ५ बजेर २९ मिनेटमा जहाज उडेको थियो ।

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्