प्रचण्डले सरकारको गम्भिर ध्यानाकर्षण गराए


 


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनतामा परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले पूरानै कार्यशैली, नीति र योजनाले ठूल्ठूला परिवर्तनबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बिहीबार काठमाडौंमा नेपाल दूर सञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले नेपाल टेलिकमको कार्य क्षमता वृद्धि गर्न त्यहाँका कर्मचारीहरुको क्षमता वृद्धि गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

पूरानै शैली र योजना अनुसार काम गर्ने शैलीमा कर्मचारी तन्त्रले परिवर्तन नगरेसम्म मुलुक अघि बढन नसक्ने प्रचण्डको भनाई छ ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्