सुनकाे मूल्य कति पुग्याे ?


 


काठमाडाैं, फागुन ११

केही दिनदेखि स्थिर रहेको सुनको भाउ आज मङ्गलबार फेरि २ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुन प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ भने आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको र यस अघि हिजो सोमबार पनि प्रतितोला ७ सय ३५ रुपैयाँमा नै कारोबार भएको  महासंघले जनाएको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्