किन बढ्दैछ सुन, कति पु्ग्याे मूल्य ?


 


भाेजपुर, फागुन १४

केही दिनदेखि  बढ्दै गएको सुनको भाउ आज पनि बढेको छ। हिजो बिहीबार ५६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको छ।

मूल्य बढेसँगै सुनको भाउ आर्ज ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ।  केही समययता बढेको सुनको भाउ करिब दुई वर्षायताकै महँगो भएको हो। यसअघि २०७० साल चैतयता आजकै भाउ सबैभन्दा महँगो हो। चाँदीको भाउ भने आज स्थिर हुँदै ७ सय ३५ रुपैयाँमै कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही दिनयता महँगिएको छ र यसको प्रभाव नेपालमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ केही समयसम्म मजबुत रहने संभावना बलियो छ।

प्रकाशित मिति: १४ फाल्गुन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्