चौकीदार नेपालबाट ल्याउँछाैं, शशक्त प्रधानमन्त्री चाहियोः हार्दिक पटेल


 


नयाँदिल्ली, १० वैशाख – भारतको मुख्य विपक्षी पार्टी काँग्रेसका नेता हार्दिक पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतमा ७ चरणमा सम्पन्न हुने निर्वाचनको तेस्रो चरणको निर्वाचन आज मंगलबार भारतमा जारी छ ।

गुजरातको भिरामगाममा भोट हालेसँगै पटेलले आफूले देशमा शशक्त प्रधानमन्त्री चाहिएको बताए । उनले चौकिदार भारतले नेपालबाट ल्याउन सक्ने बताए ।

पटेलले भने, ‘चौकिदार चाहिए म नेपालमा गएर खोज्न सक्छु, मलाई देशमा प्रधानमन्त्री चाहिएको छ जसले अर्थव्यवस्था, शिक्षा तथा युवा जवानलाई मजबुत बनाउन सकोस् । मलाई चौकिदार होइन प्रधानमन्त्री चाहिन्छ ।’

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्