काम गर्न साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरा ध्यान दिनुस् है


 


साउदी अरब पछिल्लो समय नेपाली कामदारका लागि उपयुक्त श्रम गन्तव्य बनेको छ । एक वर्षमा झन्डै १ लाखको हाराहारीमा नेपाली साउदी जान्छन् ।

विदेशमा पुगेपछि अलपत्र हुने, भनेको जस्तो सेवा सुविधा नपाइने नेपाली कामदारको मुख्य समस्या भएको छ । साउदीका साथै अन्य खाडी मुलुकमा पैसा कमाउन चाहनेहरुले केही कुराहरुमा ध्यान दिन जरुरी छ ।

ध्यान दिनुपर्ने कुरा

रोजगारदाता कम्पनीको प्रोफाइल के हो ? कम्पनीले कुन कुन सुविधाहरु दिएको छ र त्यसका आधारहरु के के हुन् ।

रोजगारदाता कम्पनीले भिसा दिएपछि त्यो सरकारद्वारा मान्यता प्राप्त कम्पनी हो कि होइन जानकारी लिनुपर्छ। यस प्रकारका कुरामा ध्यान नदिई तपाईँ साउदी अरव पुगे निकै दुःख पाउनुहुनेछ।

जानुअघि त्यहाँ रहेका आफ्ना कुनै आफन्त तथा साथीभाइबाट रोजगारदाता कम्पनीका बारेमा बुझ्न सकिन्छ ।

आफू कुन कामका लागि जान लागेको हो त्यस विषयमा पनि ध्यान दिनुपर्छ । पछिल्लो समय साउदीमा एउटा काम भनेर अर्कै काम लगाउने चलन बढेको छ।

ड्राइभर, स्टोर किपर, सेल्स म्यानका लागि भनेर साउदी लगेपछि पशु चराउन र खेतमा काम गर्न लगाउने प्रचलन अहिले बढेको छ ।

जानुअघि साउदीका बारेमा कुनै जानकार मानिसहरुसँग जानकारी लिए अझ राम्रो हुन्छ।

प्रकाशित मिति: १८ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्