अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल फागुन २४ गते। सोमबार। इश्वी सन् २०१६ मार्च ७ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– त्रयोदशी, ११:३९ बजेउप्रान्त चतुर्दशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक कामको दायित्व बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मध्याह्नपछि भौतिक साधन बिग्रनाले काममा बाधा हुन सक्छ। आफ्नो लाभांश अरूका हातमा पर्ने सम्भावना छ। परिस्थितिले खर्च गराउन सक्छ। ईर्ष्या गर्नेहरूले अवरोध सिर्जना गर्न सक्छन्, सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बाध्यताले उद्देश्यमा बाधा पुर्याउनेछ। सम्झौताले मन खिन्न तुल्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रन सक्छन्। मध्याह्नपछि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, ठूलो उपलब्धि नभए पनि हानिनोक्सानीबाट बच्न सकिनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रयत्न गर्दैमा समय बित्न सक्छ, काम भने अधुरै रहने देखिन्छ। सानातिना काममै अल्झनुपर्ने समय छ। स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ। उपचारमा खर्च हुन सक्छ। पठनपाठनमा समय दिन नसकिएला। मध्याह्नपछि सहयोगीका माध्यमबाट केही काम सम्पादन भए पनि प्रतिकूल परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यात्रा गर्ने अवसर जुट्न सक्छ। असावधानीले खर्च बढाउनेछ भने बलजफ्ती गर्दा अप्ठ्यारोमा परिनेछ। घरायसी विवादले गोपनीयता भंग हुन सक्छ। प्रतिष्ठामा दाग लगाउनेहरू सक्रिय हुनेछन्। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। मध्याह्नपछि चोटपटकको योग देखिन्छ, हतियार तथा सवारीसाधन उपयोग गर्दा ध्यान पुर्याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। पारिवारिक असमझदारी बढे पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आँटेका काममा विलम्ब हुनेछ। प्रतीक्षित नतिजा सकारात्मक नदेखिनाले मन खिन्न हुनेछ। अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। सरकारी कडिकडाउको सिकार भइनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

समयमा होश नपुग्नाले चुनौती झेल्नुपर्ला। बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। काम बिग्रने डरले पनि सताइरहनेछ। समस्या दर्साउँदा शक्तिशाली व्यक्तिहरूले सहयोग जुटाउन सक्छन्। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। तर, स्वास्थ्यमा समस्या आउन सक्छ। सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि घरेलु कामकाजमा बाधा हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। काम बिग्रने डरले पनि सताउने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। आलोचकहरूको टिप्पणीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ। कामको प्रक्रिया नमिल्नाले अन्त्यमा दुःख पाइनेछ। पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। आफ्नै कमजोरीले अवसरबाट वञ्चित गराउन सक्छ। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। विभिन्न अवसरले पछ्याए पनि आलस्य गर्नाले पछि परिनेछ। अधैर्य व्यवहारले मध्याह्नपछि समस्या निम्त्याउन सक्छ। भेटघाटमा अलमलिनाले चिताएको काममा बाधा पुग्नेछ। फाइदाका लागि बोली–व्यवहारमा सजग रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। मेहनत गर्दा अपराह्नदेखि स्थितिमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ काम पाइनेछ र सामान्य लाभ भइरहनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। मध्याह्नपछि अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।

प्रकाशित मिति: २३ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्