अाजकाे राशिफल



अाज मिति वि.सं. २०७२ साल फागुन २६ गते। बुधबार। इश्वी सन् २०१६ मार्च ९ तारिख। नेपाल संवत् ११३६ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– औंसी, ८:०६ बजेदेखि प्रतिपदा २९:५६ बजेउप्रान्त द्वितीया। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामान्य फाइदा भए पनि आयआर्जनमा लक्ष्य प्राप्त गर्न नसकिएला। विशेष उपायले पनि न्यून लाभ मात्र दिलाउनेछ। सरसापटमा खर्च हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउन सक्छन्। आफ्नो लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्। चिताएको काम सजिलै सम्पादन नहुन सक्छ। गोपनीयतामा ध्यान दिँदै हुलमुलमा धनमाल जोगाउने प्रयत्न गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विशेष योजना गोप्य राख्नुहोला। आश्वासन दिनेहरूबाटै धोका हुन सक्छ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको काम पूर्ण नहुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले झुक्याउन सक्छन्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। धेरैले तारिफ गर्नेछन्। प्रतिष्ठा कमाउने बेला छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। साइनो गाँस्नेहरूले दु:ख दिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। अध्ययनमा बाधा हुने देखिन्छ। व्यावसायिक काममा पनि समस्या आउन सक्छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

महत्वाकांक्षाले अप्ठ्यारोमा पुर्याउन सक्छ। बलजफ्ती गर्दा केही समस्या आउन सक्छन्, धैर्यसाथ काम लिने प्रयत्न गर्नुहोला। व्यवसायका लागि यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। दाम्पत्य सुखले आनन्द दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। मेहनतले अवसर दिलाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै दु:ख पाइने समय छ। नीति-नियमसम्बन्धी कडिकडाउको सिकार भइनेछ। हस्तक्षेप गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। संगत र खानपानमा निकै सावधान रहनुपर्ने समय छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आत्तिने बानीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आकर्षक उपहार हातलागी हुन सक्छ। कामबाट फुर्सद मिल्नेछ। विशिष्ट व्यक्तित्वसँगको भेटघाटले आत्मविश्वास बढाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनेछन्। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि,प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News