सूर्य ग्रहण सुरु, नेपालमा ६ बजेर २२ मिनेटमा देख्न सकिने


 


surya grahanकाठमाडौं, फागुन २६

बुधबार बिहान ५ बजेर ५७ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ५ बजेर ५७ मिनेटमा सूर्यग्रहण सुरु भएपनि नेपालमा भने ६ बजेर २२ मिनेट जाँदा सूर्य उदाउने भएकाले त्यसपछि मात्र देख्न सकिने ज्योतिषशास्त्री डाक्टर बासुदेव कृष्णशास्त्रीले बताए ।

उनका अनुसार बिहान ७ बजेर २ मिनेटमा सूर्य ग्रहण सकिन्छ । ६ बजेर २७ मिनेटमा यसको मध्य समय हुने उनकाे भनाइ छ । निकै लामो समयको अन्तरमा यस्तो ग्रहण देखिन्छ । ग्रहण लागेका बेला सूर्यको विकिरण धर्तिमा पर्ने भएकाले ग्रहण लाग्ने बेलासम्म खान र सूर्यलाई हेर्न नहुने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्