पासाङ ल्हामु शेर्पाकाे सम्झनामा…


 


IMG_4791काठमाडाैं, बैशाख १०

पासाङ प्रतिष्ठाकाे २३ अाैं दिवस शुक्रबार राजधानीमा सम्पन्न भएकाे छ । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा अाराेहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकाे स्वर्गाराेहण भएकाे दिनकाे अवसरमा याे दिवस मनाइदै अाएकाे छ । दिवसका अवसरमा शुक्रबार विहान प्रधानमन्त्री केपी शर्मा अाेलीले चुच्चेपार्टीस्थित पासाङ ल्हामुकाे सालिक र फाेटाेमा माल्यार्पण गरेका छन् ।

IMG_4755कार्यक्रमकाे अायाेजना पासाङ ल्हामु पर्वताराेहण प्रतिष्ठानले अायाेजना गरेकाे हाे । प्रत्येक बर्ष बैशाख १० गते प्रतिष्ठानले कार्यक्रमकाे अायाेजना गर्दे अाएकाे प्रतिष्ठानका अध्यक्ष कृपासुर शेर्पाले बताए । विं स. २०५० साल बैशाख १० गते सगरमाथकाे सफल अाराेहरणपछि सगरमाथा अाेर्लने क्रममा शेर्पकाे मृत्यु भएकाे थियाे । सो अवसरमा नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पु¥याएको भन्दै दक्षिण कोरियाली नागरिक उम हङ गिललाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो ।

IMG_4752कार्यक्रमकाे अवसरमा गीति एल्बम तथा विद्थार्थीहरूलाई पुरस्कार वितरण गरिएकाे थियाे । यसैबिच पासाङ ल्हामु शेर्पा मेमाेरियल कजेलले १३ अाैं स्थापना दिवसकाे महाेत्सव मनाएकाे छ । सामाखुसीमा रहेकाे कलेज परिसमा एक भव्य समाराेहकाबिच कलेजले स्थापना दिवस मनाएकाे हाे ।

IMG_4769कार्यक्रमकाे सहरी विकास राज्यमन्त्री मञ्जु चाैधरीले उद्घाटन गरेकी थिइन । कार्यक्रममा विद्यालका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुका साथै विभिन्न छात्रवृति समेत वितरण गरिएकाे थियाे । कार्यक्रममा विद्यार्थीहरूले मनाेरञ्जनात्मक सांगीतिक कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । स्नातक तहसम्म अध्यापन हुने याे कलेज सस्ताे र गुणस्तरिय शिक्षाका लागि परिचित बनेकाे कलेज भित्र पर्छ ।

IMG_4805IMG_4862

प्रकाशित मिति: १० बैशाख २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्