नेकपा सचिवालय बैठक : राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने


 


काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको नेकपा बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको महासचिव बिष्णु पौडेलले जानकारी दिए। एकता प्रक्रिया छिटो टुङ्गयाउने बिषयमा छलफल भएपनि कुनै निर्णैय भने नभएको नेताहरुले बताएका छन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणबा बिषयमा पार्टी नेतृत्वलाई विफ्रिङ गरेका थिए। केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्गो लगाउन भनेर बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे बिफ्रिङ गराएको नेता बामदेव गौतमले जानकारी दिए।

प्रकाशित मिति: ७ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्