निजामती ऐन एकैपटक परिवर्तन गर्न सकिदैन : मन्त्री पण्डित


 


काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती प्रशासन सम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा पूर्ण परिवर्तन गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले विगतमा गरिएको व्यवस्था विभेदकारी भए क्रमशः परिर्वतन गर्दै जानुपर्ने बताए ।

एकै पटक सबै भताभुंग हुने गरी व्यवस्था परिवर्तन गर्न नसकिने उनको भनाइ थियो । समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका लागि विभागिय मन्त्री पण्डितलाई समितिमा बोलाएको थियो ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्