नराम्रा मध्येका राम्रा थोत्रा सवारीसाधन १ नम्बर प्रदेशका स्थानीय तहलाई


 


विराटनगर, ०८ असार २०७६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि बिग्रिएर थन्किएका थोत्रा सवारीसाधन एक नम्बर प्रदेशका स्थानीय तहलाई पठाएको छ । जसमा ५५ वटा गाडी र १९ वटा मोटरसाइकल छन् । मन्त्रालयले पुराना तथा बनाएर चलाउन मिल्ने किसिमका सवारीसाधन पठाएको जनाएको छ ।

‘विभिन्न स्थानीयबाट सवारीसाधनको माग भएको थियो, हामीले मन्त्रालयमा प्रयोग नभएका र लिलाममा पठाउन लागिएका सवारीसाधनलाई स्थानीय तहमा पठाएका हौँ,’ मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने । केही स्थानीय तहले मर्मत गरेर र केहीले आफैँ बनाएर चलाउँछौँ भनेर लगेको मन्त्रालयले जनाएको छ । विभिन्न मन्त्रालयसँग भएका पुराना र प्रयोगमा नआएका सवारीसाधन स्थानीय तहलाई पठाइएको हो ।

यी हुन् सवारीसाधन लैजाने स्थनीय तह, पथरी शनिश्चरे नगरपालिका, मिक्लाजुङ गाउँपालिका, बुढीगंगा गाउँपालिक, विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बेलबारी नगरपालिका, इनरुवा नगरपालिका, उर्लाबारी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, रतुवामाई नगरपालिका, रामधुनि नगरपालिकालगायताई उक्त थोत्रा सवारीसाधन पठाइएको समाचार छ । कसैलार्य २ वटा, कसैलाई ५ वटा कसैलाई ६ वटा गाडी दिइएको छ ।

मन्त्रालयले पथरी शनिश्चरे, पाँचखाल र मिक्लाजुङ गाउँपालिका तथा भगवतीमाई गाउँपालिकालाई दुई–दुईवटा गाडी पठाएको छ । बुढीगंगा गाउँपालिकालाई ६ वटा गाडी पठाएको छ । विराटनगर र धरान उपमहानगरपालिका, बेलबारी, इनरुवा, इटहरी, उर्लाबारी, सुन्दरहरैँचा, मादी, खाँदबारी, रतुवामाई, दुधौली, धर्मदेवी, नमोबुद्ध, महालक्ष्मी, कटारी नगरपालिका र कामधुनी, बेलबारी, कुशे, ग्रामथान, जिराभवानी, आँधिखोला, रामप्रसाद राई, आमचोक, सभापोखरी, चिचिला, कञ्चन, चामे, केराबारी, पालुङटार, यमुनामाई, जुगल, तीला, टेम्के मैयुङ र मेन्छ्यायेम, ताप्ली, छिपरमाई, रतिमाई, उदयपुर गढी गाउँपालिकालाई एक÷एकवटा गाडी पठाएको हो ।

मन्त्रालयले रामधुनी नगरपालिका, पाँचखाल नगरपालिका र इनरुवा नगरपालिकालाई पाँचरपाँच गरी १५ वटा, सभापोखरी र तीला गाउँपालिकालाई दुईरदुई गरी पाँच स्थानीय तहमा १९ वटा मोटरसाइकल पठाएको छ ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्