डुबानबारे भारतसँग वार्ता पहल हुँदै


 


काठमाडौं । सीमावर्ती बाँध तथा तटबन्धका कारण धनुषा, रौतहट, बाँकेलगायत जिल्लामा देखिएको डुबानबारे तत्काल भारतीय पक्षसँग बार्ता गर्न परराष्ट्र मन्त्रालयले पहल थालेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाली भूभागमा देखिएको डुबान समस्याबारे छलफल गर्न र पानीको प्राकृतिक वहावलाई सकेसम्म सहजीकरण गर्न दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयसँग कुराकानी अघि बढाइसकेको छ ।

प्रकाशित मिति: २९ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्