ओली–गौतम नजिकिँदै, भयो यस्तो सहमति


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ । गत पुसमा सम्पन्न स्थायी समितिको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध विस्तारै सुधार हुँदै आएको समाचार आजको नागरिक दैनिकमा छ ।

गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए । फागुन २८ गते गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्युले उहाँको जन्मदिन सँगै मनाउने इच्छा व्यक्त गर्नुभयो र मिठाइ बाँडेर जन्मदिन मनाइएको थियो,’बालुवाटार स्रोतले भन्यो ।

पार्टी एकताको प्रक्रिया समेत अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य समेत रहेका गौतमसँग प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर संवाद गरिरहेका छन् ।

केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटलाई अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गरेका थिए । सुटुक्कै बालुवाटार पुग्ने गरेका गौतमसँग ओलीले पूर्वएमालेको भागमा परेको विभागीय प्रमुखहरुको जिम्मेवारीबारे समेत छलफल गरेका थिए ।

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्