संसद्को गाडी खरिद प्रकरणमा समितिले माग्यो सम्पूर्ण कागजात


 


काठमाडौं । संघीय संसद्का सभापतिहरूका लागि भएको गाडी खरिदको विषयमा छानबिन गर्न गठित समितिले खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गरेको छ ।

समितिको सोमबार बसेको पहिलो बैठकले खरिद प्रक्रियाका कागजात संघीय संसद् सचिवालयसँग माग गरेको हो । सोमबार नै सबै कागजात उपलब्ध गराउन समितिले सचिवालयलाई निर्देशन पनि दिएको छ ।

नयाँ गाडी खरिदपछि हस्तान्तरणको एक महिना नबित्दै प्राविधिक समस्या देखिएपछि सभामुख कृष्णबहादुर महराले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए ।

छानबिन समिति संयोजक एवं राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले खरिदसम्बन्धी सबै कागजात माग गरिएको बताए । आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्