नेपाल टेलिकमलकाे GSM मोबाइल सेवामा शनिबार रातिदेखि समस्या देखिन सक्ने



२१ भदौ, काठमाडौं
नेपाल टेलिकमले आज रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो ।

हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् । कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ । यसैक्रममा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।

शनिबार राति ११:३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।

यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News