काम सुरु नहुँदै यसरी दिइन्छ घुस


 


काठमाडौं, भदौ २८
ठेक्कापट्टालगायतका कामहरुमा काम सुरु नहुँदै घुस प्रवाह हुने गरेको भेटिएको छ । समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ घूस प्रवाह भएको भेटिएको हो। कान्तिपुरमा खबर छ ।

यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह छ । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

घुस ठेक्का सम्झौता गर्दा २.५ प्रतिशसत, मोबिलाइजेसन पेस्की दिँदा २ देखि २.५ प्रतिशत, निर्माण सुरु नहुँदै ५ प्रतिशत दिइने गरिएको छ ।

अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन् । तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको छैन ।

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्