अनैतिक क्रियाकलापमा संलग्न महिला र तेस्रोलिंगीसहित ५६ जना पक्राउ


 


काठमाडौं, भदौ २८
काठमाडौंको गांगबु क्षेत्रबाट प्रहरीले असामाजिक गतिविधिमा संलग्न महिला र तेस्रोलिंगीसहित ५६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले असामाजिक, अश्लिल तथा शंकास्पद गतिविधिमा संग्लग्न भएकाहरुलाई पक्राउ गरेको जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रहरीले चलाएको अप्रेसनमा ४३ जना पुरुष, १२ जना महिला र एक तेस्रो लिङ्गी पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये धेरै जसो वेश्यावृत्तिका लागि बार्गेनिङ गर्नेहरु रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्