गाउँपालिकाका अध्यक्षलाई घोडा


 


रुकुमपूर्व, भदौ २९
रुकुम पूर्वको उथायत्तरगंगा गाउँपालिकाका अध्यक्षको यातायात सुविधाका लागि घोडा किनिएको छ । गाउँपालिका सडक सञ्जालमा नजिएका कारण गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीको सवारी सुविधाका लागि घोडा किनिएको हो । नयाँ पत्रिकामा खबर छ ।

घोडा किनिएपछि अध्यक्ष घर्ती अहिले कुनैपनि कार्यक्रममा जाँदा घोडामै गइरहनुभएको छ । गाउँपालिकामा सडक नभएपछि घोडा प्रयोग गर्नुपरेको अध्यक्ष घर्तीले बताउनुभयो ।

उहाँकाअनुसार वडा नम्बर १ देखि ९ सम्मका वडा सडक सञ्जालमा जोडिएका छैनन् । अरु ठाउँमा सडक भएपनि पूरै कच्ची छन् । गाउँपालिमा १४ वटा वडा छन् ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्