उम्मेद्वार बन्न पाउने भएपछि कांग्रेस नेतृ केसी साझा पाटीमा प्रवेश


 



पोखरा, भदौ २९
कास्की क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने शर्तमा नेपाली कांग्रेस नेतृ रजनी केसी साझा पार्टीमा प्रवेश भएकी छन् । अन्नपूर्णमा खबर छ ।

यद्यपि, साझाले यो कुराको पुष्टि भने गरेको छ । अहिलेसम्म उम्मेद्वार पनि घोषणा गरिएको छ । साझा पार्टीले हिजो पोखरामा आयोजना गरेको कास्की र महानगर घोषणा गर्ने कार्यक्रममा केसी साझामा प्रवेश गरेकी हुन् ।

पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि पदबाट राजीनामा दिएर साझामा गएकी हुन् ।

उनले कांग्रेसमा लाग्दा पनि कुनै परिवर्तन हुन नसकेको भन्दै साझामा प्रवेश गरेको बताएक िछन् । उनी कांग्रेसमा नेविसंघ हुँदै महिला संघमा सक्रिय थिइन् ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्