प्रधानमन्त्री ओली र देउवाबीच के भयो सहमति ? बालुवाटारमा भयो तीन घण्टा लामो छलफल


 



काठमाडौं, भदौ ३०
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुसंग तीन घण्टा लामो छलफल गरेका छन् ।

छलफलका क्रममा ओलीले दलहरुसंगकै सहकार्यमा सरकारले काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सरकारले ल्याउने हरेक विधेयकहरु दलहरुसंगकै छलफलमा ल्याउने प्रतिबद्धता जनाए । अन्नपूर्णमा खबर छ ।

पार्टी एकाका कारण दलहरुबीचको घेटघाट पातलिएको बताउँदै ओलीले अब दलहरुबीचको भेटघाटलाई बाक्लो बनाउने बताए । ‘हामीले ल्याएको व्यवस्थाको रक्षाका लागि संविधानको कार्यान्वयनका लागि दलहरु मिलेर जानुपर्ने हुन्छ’ उनले भने ।

साथै उनले बाँके घटनाका दोषीलाई कारबाही हुने बताए । पीडितको जाहेरी प्रशासनले लिने र दोषीलाई उन्मुक्ति नदिने प्रधानमन्त्री ओलीले बताए ।

छलफलका क्रममा पछिल्लो समय सरकारले आफूखुशी निर्णय गरिरहेको भन्दै नेताहरुले असन्तुष्टि प्रकट गरेका थिए । उनीहरुले सरकारले ल्याएका कतिपय विधेयक संघीय गणतन्त्रको मर्मविपरित भएको भन्दै सच्याउन माग गरेका थिए ।

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्