बैंककै संलग्नतामा अबैध सम्पति शुद्धीकरण हुँदै, यसरी जाँदैछ करोडौं रुपैयाँ विदेश


 


काठमाडौं, भदौ ३०
अबैध सम्पति शुद्धीकरणमा बैंकको संलग्नता रहने गरेको खुलासा भएको छ । अबैध गतिविधिमा संलग्न गिरोहले बैंकमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति सुद्धीकरण गरिरहेको खुलेको छ । नयाँ पत्रिमा खबर छ ।

सम्पत्ति सुद्धीकरण गरेर गिरोहले करोडौं रुपैयाँ विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । प्रहरी र अनुसन्धान विभागले यसबारे छानविन अगाडि बढाएको जनाएको छ ।

नक्कली कम्पनी खडा गरेर २६ करोड रुपैयाँ दुईवटा बैंकमार्फत भारत पर्याइएको घटनाको अनुसन्धान गरेर विभागले मुद्दा दर्ताको तयारी गरेको छ ।

अबैध गतिविधिमा संलग्न एक भारतीयले अबैध रकम एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकमार्फत भारत पुर्याएका हुन् । बैंकका कर्मचारीहरुसमेत प्रभावमा पारेर यो काम हुने गरेको खुलेको छ ।

नेपालका लागि यो घटना पहिलो भएको बताइएको छ । यस्ता अन्य घटना पनि हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्