सरकारी गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ


 



काठमाडौं, भदौ ३०
सरकारी गाडी मन्त्री तथा कर्मचारीका आफन्तले रजाइँ गर्ने कुरा नयाँ होइन । यस्ता घटना बेलाबेलामा सार्वजनिक भइरहेका छन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीको रजाइँ भइरहेको छ । नागरिक दैनिकमा खबर छ ।

मन्त्रालयको गाडी अनाधिकृत रुपमा रजाइँ भइरहेको छ । मन्त्री र साज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालय अन्तर्गत नियुक्त सल्लाहकारलाक्ष्ए गाडी सुविधा दिने व्यवस्था छैन ।

तरपनि स्वास्थ्य मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अबैतनिक सल्लाहकारलाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी गाडीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्