बस भित्रै बालिकालाई बलात्कार, अर्की बालिकालाई पनि बलात्कार प्रयास


 



काठमाडौं, भदौ ३१
राजधानीमै बस भित्र एक बालिका बलात्कृत भएकी छन् भने अर्की बालिकामाथि बलात्कार प्रयास भएको छ । राजधानीको तारकेश्वर गाउँपालिकास्थित शुभकामना चोकमा एक ११ वर्षीया बािलका बलात्कृत भएकी हुन् भने १० वर्षीया बालिकामागि बलात्कार प्रयास भएको हो ।

मनमैजुमा चल्ने बस भित्रै बालिकालाई सहचालकले बलात्कार गरेको खुलेको छ । अन्नपूर्णमा खबर छ ।

टोखा नगरपालिका ग्रिनल्याडकी बलात्कृत बालिका साथीसंगै डेरा विर्सिएर मनमैजु पुगेकी थिइन् । डेरा नै बिर्सिएपछि उनीहरुले चालक र सहचालकलाई घर पु¥याइदिन आग्रह गर्दा उनीहरुले उल्टै आफ्नै घर लेगेका थिए ।

राति सहचालक बसमा सुतेपछि उनीहरु पनि बसमै सुत्न पुगेका थिए । सोहीक्रममा सहचालकले एक बालिकालाई बलात्कार गरेको महानगरिय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक समिरजंग राणाले बताए । बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्