पानीजहाज योजनाः कार्यालय नै नेतृत्वविहीन, के हुन्छ अब प्रधानमन्त्रीको सपना ?


 



काठमाडौं, असोज १
प्रधानमन्त्री केपी शर्मा ओलीले सपनाका रुपमा ल्याएको पानी जहाज सञ्चालन गर्ने कार्यालय नै नेतृत्वविहीन अवस्थामा पुगेको छ । तर, पानीजहाज कार्यालय नेतृत्वविहीन हुनुका साथै ईजिनियर पनि सरुवा गरिएका छन् । नयाँ पत्रिकामा खबर छ ।

ओलीले तामझाका साथ कार्यालय उद्घाटन गरेका थिए । तर।, कार्यालय प्रमुखका रुपमा रहेका मेकानिकल इन्जिनियर ऋषिराज कोइराला अनिवार्य अवकाश भएपछि नयाँ नेतृत्व नियुक्ति गरिएको छैन ।

शाखा अधिकृत तहका अर्का ईन्जिनियर सन्दीप राईलाई पनि उर्जा मन्त्रालयमा सरुवा गरिएको छ । कार्यालय अहिले द्वितीय श्रेणीका ईन्जिनियर विपिन राजभण्डारीको भरमा सञ्चालन छ ।

प्रकाशित मिति: १ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्