फ्लुले ३६ घण्टामै लिन सक्छ आठ करोडको ज्यान, विज्ञहरुले दिए यस्तो चेतावनी


 



काठमाडौं, असोज २
फ्लुले ३६ भण्टामै आठ करोड मानिसको ज्यान लिन सक्ने विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहितको टोलीले यस्तो चेतावनी दिएको हो । कान्तिपुरमा खबर छ ।

यसको संक्रमणबाट विश्वभर रोगहर फैलिरहेका छन् । बुधबार सार्वजनिक गरिएको (ए वल्र्ड एट) ‘जोखिममा विश्व’ प्रतिवेदनमा ‘सन १९१८ मा जस्तो फ्लु जस्तो महामारी अहिले पनि तीब्र गतिमा फैलिन सक्ने छ । यसको नियन्त्रणका लागि भएको प्रयास अपर्याप्त छ ।’

क सताब्दीअघि ‘स्पेनिस फ्लु’को महामारीबाट विश्वका एक तिहाई जनसंख्या संक्रमित भएको र पाँच करोड मानिसको मृत्यु भएको थियो । यसैगरि महामारी फैलियो भने विश्वमा भयावह स्थिति सृजना हुने सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

प्रकाशित मिति: २ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्