प्रहरीले यस वर्ष पनि चिसोको सामना गर्नुपर्ने, जाडोपछि मात्रै जाकेट


 



काठमाडौं, असोज २
गत वर्ष जाडेको कपडा गर्म सुरु भएपछि पाएको नेपाल प्रहरीले यस वर्ष पनि जाडोमा कपडा नपाउने भएको छ । प्रहरीले जाडो सकिएपछि मात्रै जाडोमा लगाउने जाकेट लगाएको सामान पाउने भएको हो । नयाँ पत्रिकामा खबर छ ।

गत वर्ष हिमाली क्षेत्रमा आलोपालो जाकेट लगाएको ड्युटी गरेको प्रहरीलाई यस वर्ष पनि सोही समस्या बेहोर्नुपर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले सर्ट, पाइन्ट, जाकेटलगायतका सामान खरिदका लागि भर्खरै मात्र टेण्डर गरेको छ । तर, यो प्रक्रियामा लामो समय लाग्ने भएकाले प्रहरीले समयमै सामान नपाउने भएका हुन् ।

कम्तीमा पनि फागुनसम्म मात्रै उक्त सामान प्रहरीको हातमा पुग्ने देखिन्छ । यी सामान जिल्लामा पुग्दासम्म गर्मी सुरु भइसकेको हुन्छ ।

प्रकाशित मिति: २ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्