५० हजारदेखि चार लाख ५० हजार रुपैयाँसम्म घुस लिएर शिक्षक नियुक्त ! यसरी फसे विद्यालय निरीक्षक


 



काठमाडौं, असाजे २
घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबीसहित अख्तियार दुरुपयोग आयोगले एक जना विद्यालय निरीक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।

पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । अन्नपूर्णमा खबर छ ।

उनलाई फरक फरक कसुरुमा मुद्दा दायर गरिएको अख्तियारका प्रबक्ता प्रदीपकुमार कोइरालाले बताए । चौरसियाले राहत, करार शिक्षक र बालविकास सहयोगी शिक्षकलाई परीक्षा नलिई नियुक्त गरेको आरोप छ ।

उनले यसरी शिक्षक नियुक्त गर्दा प्रत्येक व्यक्तिबाट ५० हजारदेखि चार लाख ५० हजार रुपैयाँसम्म घुस लिएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: २ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्