एक सातामै ३६ करोड रुपैयाँ कर छली ! यस्तो रहेछ धन्दा




काठमाडौं, असोज १
नक्कली भ्याट बिल, अन्तशुल्क, र भन्सार छलीका तीन मुद्दामा राजस्व अनुसन्धान विभागले एक सातामै ३६ करोड रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ । विभागले विगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो । नयाँ पत्रिमा खबर छ ।

विभागकाअनुसार नक्कली भ्याट बिलमा २२ करोड २६ लाख रुपैयाँ छली भएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । यस्तै, अन्तशुल्कबाट साढे १२ करोड रुपैयाँ छली भएको छ । जुन मुद्दा बारा जिल्लामा दर्ता गरिएको छ ।

यस्तै, ३० लाख रुपैयाँ भन्सार छलीमा देखिएको छ । यस सम्बन्धी मुद्दा कपिलबस्तु जिल्ला अदालतमा दायर गरिएको विभागले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News