चितवन मेडिकल कलेजको विद्यार्थी आन्दोलन फिर्ता, भयो यस्तो सहमति


 


चितवन, असोज ५
चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्ने सहमति जनाएपछि विद्यार्थीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

जिल्ला प्रशासनको रोहबरमा विद्यार्थी र अभिभावकबीच भएको छलफलबाट पाँच बुँदे सहमति भएको छ । नयाँ पत्रिकामा खबर छ । बढी शुल्का फिर्ता वा समायोजन गर्ने सहमतिलगायत पाँच निर्णय भएको चिवतनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।

उहाँकाअनुसार कलेजले ३० दिन भित्र बढी अशुल गरेको रुपैयाँ फिर्ता गर्नुपर्ने छ । कुन विद्यार्थीबाट कति रकम बढी लिइएको छ भने सात सदस्यीय समितिसमेत गठन गरिएको छ ।

कलेज, विद्याथी र अभिभावकबीच शुल्क फिर्तालगायत, देखिएका समस्या आपसी समझदारीमा समाधान गर्ने, असाजे ५ गतेबाट कलेज सञ्चालन गर्ने, शुल्क वृद्धिको विषयमा अध्ययन गर्न समिति गठन गर्नेलगायत पाँच बुँदे सहमति भएको छ ।

कलेजले ६ लाख रुपैयाँ बढी लिएको स्विकार गरेको छ भने विद्यार्थीले कलेजले १२ लाख रुपैयाँ अशुल गरेको दाबी गर्दै आएका छन् । कलेजमा विद्यार्थीले २० दिनदेखि आन्दोलन गर्दै आएका थिए ।

 

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्