आफ्नै पार्टीका सांसदसंग प्रधानमन्त्री ओली असन्तुष्ट, यसरी पोखे गुनासो


 



काठमाडौं, असोज ५
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका सांसदसंग असन्तुष्ट देखिएका छन् । सांसदहरुले बजेट अधिवेशनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै ओली अहिले गुनासो पोखिरहेका छन् । अन्नपूर्णमा खबर छ ।

हिजोको नेकपाको संसदीय दलको बैठकमा बोल्दै ओलीले प्रतिपक्ष कांग्रेसलगायतले भ्रम छरेर सरकारलाई घेराबन्दीमा पारिरहेको भएपनि त्यसविरुद्ध सांसदहरु शसक्त भएर उत्रिन नसकेको गुनासो गरे ।

नेकपाका अध्यक्षसमेत रहेको ओलीले केही महत्वपूर्ण विधेयक र प्रस्तावहरु आफ्नै सांसदको असहयोगी भूमिकाका कारण पारित हुन नसकेको भन्दै असन्तुष्टि जनाए ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्