चिनियाँ राष्ट्रपतिलाई उच्च सुरक्षा दिइने, गरियो यस्तो निर्णय


 


काठमाडौं, असोज ६
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा सुरक्षा व्यवस्थामा निकै कडाई गरिने भएको छ । उनको सुरक्षाका लागि २७ हजार सुरक्षाकर्मी परिचान गरिने भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

सीको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्यवस्थाका सम्बन्धमा छलफल गर्न बसेको सुरक्षा निकायका उच्च अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । जसका लागि अधिकारीहरु सुरक्षा रणनीतिमा जुटिसकेका छन् ।

चीनले पनि राष्ट्रपतिको सुरक्षाका विषयमा चासो लिएको छ । सु्रक्षा व्यवस्था मजबुद बनाइनेबारे नेपाली अधिकारीहरुले चीनलाई जानकारी पनि गराइसकेका छन् । चिनियाँ राष्ट्रपति असोज अन्तिम साता नेपाल आउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्